दादासाहेब फालकेमा ‘देश खोज्दै जाँदा’
पाली कथानक चलचित्र ‘देश खोज्दै जाँदा’ दिल्लीमा आयोजित दादा साहेब फालके अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करणमा अफिसियल छनोटमा परेको छ ।
फिचर फिल्मतर्फ नेपालका तर्फबाट ‘देश खोज्दै जाँदा’ उत्कृष्ट अभिनेता र उत्कृष्ट चलचित्रको नोमिनेशनमा पनि पर्न सफल भएको फिल्मका निर्देशक प्रकाश आङ्दम्बेले बताएका छन् । ।
फेस्टिबलमा वाजिराव मस्तानी (भारत), स्विट गर्लस (स्विजरल्याण्ड), माझी- द माउण्टेन म्यान (भारत), मृगनभी (आसामी), समर लिफ डफ (जापान), द पिवर हार्टेड भिलेन (तामिल), जन्जस (अर्जेन्टिना), उन हम ल मर (बेल्जियम), द रिर्टन (इरान), एडभन्चरर्स अफ अप्पु एन्ड गप्पु (अमेरिका), मिराकल्स अफ लाइफ फोर्स (जर्मनी), दबुक (युक्रेन) आदि समावेश गरिएको थियो ।
भारतका प्रथम फिल्म निर्माता निर्देशक ढुंडीराज गोविन्द फालके (दादासाहेब फालके) को नाममा यो महोत्सव आयोजना गरिएको हो । दुई सातासम्म चलेको महोत्सव केही वर्षयता वार्षिक रुपमा हुँदै आएको छ ।
फेस्टिबलमा लाइफ टाइम एचिभमेन्ट अवार्ड अभिनेता मनोज कुमार र फाउन्डेशन अवार्ड बलिउड अभिनेत्री प्रिंयका चोपडालाई तथा १९ पटक गिनिजबुकमा नाम राख्न सफल रामरहिम सिंहलाई दिइएको थियो ।

फेस्टिबल नेपालबाट कलाकार हेमन्त बुढाथोकी, पटकथाकार उपेन्द्र सुब्बा, लेखक/निर्देशक प्रकाश आङदेम्बे र अमेरिकाबाट आर्ट/पोस्टप्रोडक्सन निर्देशक प्रल्हाद गुरुङ सहभागी भएका थिए । चलचित्र ‘देश खोज्दै जाादा’ भूटानी शरणार्थीहरुको नेपालको शिविर बसाईंको वास्तविक कथामा आधारित छ । हेमन्त बुढाथोकी, बाबु बोगटी, अरुणा कार्की, मिना कोइराला, एलपि जोशी, केशव आचार्य, शिवशंकर थापा, टंक विकल्प, प्रताप सुब्बा, प्रकाश बुढाथोकी आदिले यो चलचित्रमा अभिनय गरेका छन् ।
‘प्राय निर्देशकहरुले विषयवस्तु जन्माउँछन् । तर मलाई भने आफुसामुको विषयवस्तुले निर्देशक बनाएको हो,’ निर्देशक आङदम्बेले भने ।
दादासाहेब फालकेमा ‘देश खोज्दै जाँदा’
Reviewed by Admin
on
10:34:00 AM
Rating:
Reviewed by Admin
on
10:34:00 AM
Rating:

Post a Comment