Header AD

बढ्दो उमेरमा पनि यौनेच्छा कम भएन ।

कहिलेकाहीँ अप्ठ्यारो समस्या परिदिन्छ । म ५० नाघेको पुरुष हुँ । श्रीमतीले पनि ४५ वर्ष काटिसकिन् । यो उमेरमा यौनेच्छा कम हुन्छ भन्ने सुनेको थिएँ तर मेरो कम भएन, बरु बढेको बढ्यै छ, तर मेरी श्रीमतीको यौनेच्छा छैन भन्दा पनि हुन्छ । इच्छा हुँदा हस्तमैथुन गर्छु । यसो गर्दा आफूले गलत गरेँ भन्ने खालको भावना पनि आउँछ । हस्तमैथुन गर्दा शाारीरिक रूपमा कमजोर भएको पनि महसुस गर्छु । बढ्दो उमेरमा यौनसम्पर्कले के–कस्ता समस्या निम्त्याउन सक्छन् ?

यौनसम्पर्कले मानिसलाई कमजोर बनाउँदैन, बरु अझ फुर्तिलो र तन्दुरुस्त राख्छ । मुख्य प्रश्न यौनसम्पर्क कत्तिको स्वस्थकर छ भन्ने नै हो ? यौनसम्पर्कबाट तपाईंले कत्तिको सन्तुष्टि प्राप्त गरिरहनुभएको छ ? तपाईंको मनोदशा कुन अवस्थामा छ भन्ने कुरा नै महत्वपूर्ण विषय हो । तपाईंको कुरा सुन्दा तपाईंमा यौनमा रुचि छ भन्ने देखिन्छ । यौनमा तपाईंको रुचि हुनु र श्रीमतीमा रुचि नहुनु तपाईंको समस्या होइन । न त तपाईंको श्रीमतीको समस्या नै हो । कसैको शरीरले चाँडै यौनको बाटो त्याग्छ, कसैलाई अलि लामो समयसम्म यसले साथ दिन्छ । तपाईंले यौनमा अत्यधिक सन्तुष्टि लिइरहनुभएको बुझिन्छ । अन्यथा श्रीमतीको अभावमा पनि तपाईंले त्यसको मात्रा बढाउनुहुन्नथ्यो । स्वस्थ र नियमित यौनसम्पर्कले मानिसलाई अझ जाँगरिलो, जोसिलो र फुर्तिलो राख्छ । चाहे त्यो हस्थमैथुन नै किन नहोस् । हाम्रो धर्मशास्त्र, सामाजिक बन्धन एवं प्राचीन दर्शनले हामीलाई यौनबाट टाढा बस्ने निर्देशन दिएका कारण तपाईंको मनमा अपराध भाव उत्पन्न भएको हुनसक्छ । वास्तवमा कुन कुरा ठीक हो र कुन कुरा गलत हो भन्ने कुरा बाहिर लेखिएका वा भनिएका कुरा आफ्नो स्थानमा ठीक हुन सक्छन् तर ती कुरा तपाईंको शरीर र मनसँग मेल खान्छन् कि खाँदैनन्, त्यो महत्वपूर्ण कुरा हो । नियमित यौनसम्पर्कले मानिसको भावनालाई पनि सशक्त बनाउँछ र मानसिक तनाव घटाउँछ । सन्तोषजनक रवं स्वस्थकर यौन सम्पर्कबाट कुनै पनि जोडीले भोलिपल्ट तनाव घटेको महसुस गरेको पाइएको छ । त्यस्तै हस्तमैथुनबाट चरम आनन्द लिने मानिसहरूको रोग प्रतिरोधात्मक क्षमता बढेको अध्ययनहरूले देखाएका छन् । बेलायतमा गरिएको एक अध्ययनले त यी दुवै आनन्द लिने विधि प्रयोग गर्नेहरूको मृत्युको दर ५० प्रतिशतले कम रहेको औंल्याएका छन ।यौनक्रियामा दुईजनाको सक्रिय सहभागिता हुनु राम्रो हो, तर दुबै जना सक्रिय नभएको अवस्थामा हस्तमैथुन राम्रो विकल्प हो । तपाईंले यसमा अपराधबोध गर्नुपर्ने कुनै कारण छैन । उमेरका कारण केही वर्षपछि तपाईंको यौनेच्छा आफैं कम हुँदै जान्छ । त्यतिबेला मैले अनावश्यक तनाव लिएको रहेछु भन्ने तपाईंले आफैं महसुस गर्नुहुनेछ । विभिन्न अध्ययनले पनि बुढेसकालमा बेला–बेलामा यौनेच्छा सक्रिय हुने देखिएको छ । यस्तो सक्रियता केही वर्ष रहन्छ र आफैं बिस्तारै कम हुँदै जान्छ । त्यसैले यसमा चिन्ता लिनुपर्ने आवश्यकता छैन ।
बढ्दो उमेरमा पनि यौनेच्छा कम भएन । बढ्दो उमेरमा पनि यौनेच्छा कम भएन । Reviewed by Admin on 11:40:00 AM Rating: 5

No comments

Post AD