Header AD

गर्भवती महिला पेट काटेर बच्चा चोरी !

अमेरिकाको कोलोराडोमा एक महिलालाई गर्भवती महिलाको पेट काटेर करीब ८ महिनाको भ्रुण निकालेको अपराधमा १०० वर्ष जेल सजाय सुनाइएको छ ।मिशेल विल्किजको हत्या प्रयास र उनको बच्चालाई मारेकोमा डायनल लेनलाई अदालतले दोषी ठहर गरेको हो । उनलाई बच्चालाई मार्ने प्रयासको अभियोग भने लगाउन सकिएन , किनकी बच्चा जीवत रहेको प्रमाण थिएन ।३६ वर्षकी लेनले केही महिनासम्म गर्भवती भएको नक्कल गरेकी थिइन् र मानिसहरुलाई झुक्याइन । उनले मानिसहरुलाई झुक्याउन इन्टरनेटबाट अल्ट्रासाउण्डको तस्वीर पनि डाउनलोड गरेका थिए ।गत वर्ष मार्चमा उनले क्रेगलिस्ट वेबसाइटमा गर्भवती महिलाका लागि कपडाको विज्ञापन गरेर २६ वर्षकी विल्किजलाई आफ्नो घरसम्म ल्याए ।लेनले आक्रमण गरे र उनको पेटको बच्चा निकाले । मिलेश इमरजेन्सी फोन कल गर्न सफल भइन् । प्रहरी पुग्दा उनी बेहोस अवस्थामा थिइन् भने लेन फरार भइसकेकी थिइन् ।पुलिसका अनुसार लेनले आफूसँग बस्दै आएका डेभिड रिडलेलाई भने कि उनको गर्भपात भयो । रिड लेन र बच्चालाई लिएर अस्पताल पुगे । लेनको पहिला दुई सन्तान थियो र रिडले एक बच्चा जन्माउन चाहन्थे ।न्यायाधीश मारिया बर्केनकोटरले भनेका छन् कि आक्रमणमा भएको क्रुरतालाई हेरेर जति धेरै हुनसक्छ, त्यति सजाय दिएको बताएकी छन् ।लेनले अदालतमा केही पनि भन्न अस्वीकार गरिन् । पीडित विल्किजले भने न्याय पाएको प्रतिक्रिया दिएकी छन् ।लेनले भने आक्रमणका लागि न त दुःख व्यक्त गरिन् न आफनो बचाउमा नै केही भनिन् । उनकी आमाले भने अदालतमा विल्किज र उनको परिवारसँग माफी मागेका छन् र उनको बुबाले पत्रमार्फत माफी मागेका छन् ।
गर्भवती महिला पेट काटेर बच्चा चोरी ! गर्भवती महिला पेट काटेर बच्चा चोरी ! Reviewed by Admin on 10:01:00 AM Rating: 5

No comments

Post AD