फेसबुकमा मायाको जाल
चाबहिलको एउटा भव्य महलमा फ्ल्याट लिएर बस्थे, नुवाकोटका जीवन लामा । त्यहाँ उनका साथ श्रीमती सुवी र सात वर्षीय छोरा पनि थिए । उनीहरूको जीवनशैली चमकदमकपूर्ण थियो । जीवनको कुनै वैध पेसा वा व्यवसाय थिएन । उनी दिनभर यताउता टहलिएरै दिन बिताउँथे । यद्यपि, उनको खल्ती कहिल्यै रित्तो हँुदैनथ्यो । आखिर कसरी ?
वास्तवमा जीवनले फेसबुकमा मायाको जाल बिच्छ्याएका रहेछन् । त्यही जालमा पर्ने युवतीहरूबाट ठगिएको पैसाले उनको जीवन चल्दो रहेछ । फेसबुकमा उनले आफूलाई ‘जीवन’ भनेर कहिल्यै चिनाएनन्, न त असली परिचय नै खुलाए । यी छद्मभेषीले कहिले आफूलाई ‘अमेरिकी सेना’ त कहिले के भनेर युवतीहरूलाई प्रेमजालमा फसाए । उनले यसका निम्ति हतियार बनाएका थिए–फेसबुकलाई ।
अमेरिकी सेनाको भेष धारण गरेर फेसबुकमा प्रोफाइल बनाएका जीवन फिल्मी शैलीमा प्रेमको नाटक गर्न र ठग्न माहिर थिए । प्रविधिमा पोख्त लामाका साथमा एचपीको ल्यापटप थियो र उनी फेसबुक चलाइरहन्थे । अमेरिकी दूतावास तथा अमेरिकी सेनाका सम्वन्धमा उनले मिहिन अध्ययन गरेका थिए । उक्त विषयमा उनी सधैं अपडेट रहन्थे । फलस्वरूप उनी आत्मविश्वासका साथ आफूलाई ‘अमेरिकन आर्मी’ का रूपमा चिनाउन सक्थे ।
लामा फेसबुकमा युवतीहरूको खोजी गर्थे र उनीहरूको पृष्ठभूमि थाहा पाएपछि फ्रेन्ड रिक्वेस्ट पठाउँथे । कसैले फ्रेन्ड रिक्वेस्ट स्वीकार नगरेमा म्यासेज गरेर भए पनि आफ्नो काम फत्ते गरेरै छाड्थे । उनी युवतीहरूसँग सम्पर्क गर्न छुट्टै सिमकार्ड प्रयोग गर्थे । यसरी उनले चालीसौं सिमकार्ड प्रयोग गरेको बताइन्छ ।
युवतीलाई साथी बनाइसकेपछि उनले विस्तारै प्रेममा फसाउने र आर्थिक शोषण गर्ने काइदाको उपाय अपनाएका थिए । यसरी एक दर्जनभन्दा बढी युवती उनको फन्दामा परे । उनको पहिलो शिकार बनिन्, बानेश्वरकी एक युवती । उनीहरूबीच लगातार च्याटिङ भयो । आखिर जीवनले विवाहको प्रस्ताव राखे । यद्यपि युवती विवाहित थिइन् । उनी उम्कन खोजिन् । त्यसपछि जीवनले आफ्नी श्रीमतीलाई अगाडि सारे । उनीहरूबीच दिदी र बहिनीको सम्बन्ध स्थापित भयो ।
केही समयपछि आफू बाहिर भएको बहाना बनाएर जीवनकी श्रीमतीले ती युवतीलाई फोन गरिन्– ‘काकाको उपचारका लागि तत्कालै २ लाख पचास हजार रुपैयाँ चाहियो ।’ युवतीले मागेजति रकम जीवन श्रेष्ठको नाममा आईएमई गरिदिइन् । त्यसको भोलिपल्टैदेखि फेसबुकका साथी जीवन गायब भए ।
अर्की युवतीसँग उनी त्यसैगरी साथी बने । सुरुमा त ती युवतीले फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेकी थिइनन् । यद्यपि पछि निरन्तर म्यासेज पठाएर विश्वासमा लिएपछि युवतीले रिक्वेस्ट ‘एसेप्ट’ गरिन् । च्याटिङको क्रम वाक्लिएसँगै जीवनले उनीसमक्ष विवाहको प्रस्ताव राखे ।
अमेरिकन आर्मीको प्रस्तावलाई युवतीले पन्छाउन सकिनन् । अन्तत: उनीहरूको विवाह हुने भयो । एक महिनापछि जीवन ती युवतीको नुवाकोटस्थित घर पुगे र बुवाआमासँग भेटे । त्यसको भोलिपल्ट स्थानिय विद्यालयमा कार्यक्रम रहेछ । त्यहाँका शिक्षकहरूले ‘अमेरिकी आर्मीको हैसियतमा’ जीवनलाई कार्यक्रमको अतिथि बनाए । कार्यक्रममा जीवनले पनि भाषण गरे र विद्यालयलाई १० लाख रुपैयाँ दिने घोषणा गरे । त्यसपछि जीवन काठमाडौं फर्किए । यद्यपि कुराकानी र भेटघाट जारी रह्यो ।
त्यसको एक महिनापछि जीवनले ‘मेरो वुवाको अचानक अप्रेसन गर्नुपर्ने भयो, त्यसैले पैसाको आवश्यक छ’ भन्दै तुरुन्त ५ लाख रुपैयाँ सापटी मागे । त्यस क्रममा उनले आफ्नो बैंक खाता अमेरिकी भएकाले तत्काल पैसा निकाल्न नमिल्ने तर्क प्रस्तुत गरे । युवतीका बुवाआमाले हुनेवालालाई ‘ज्वाइँलाई’ सहकारीबाट ऋण निकालेर र थप पैसा जोरजाम गरेर आइएमई गरिदिए । त्यसपछि ‘ज्वाइँ’ गायब । पछि जीवनको मोबाइल नम्बरबाट युवतीलाई फोन आयो– ‘फोनवाला मान्छे ककनीको भीरबाट लडेर मृत्यु भएकाले तपाईंलाई जानकारी गराएको हो, आफन्तलाई जानकारी गराइदिनु होला ।’ फोन गर्ने मान्छेले आफू प्रहरी हवल्दार रहेको बतायो । यद्यपि उनीहरूले उक्त कुरा पत्याएनन् र आफूहरू ठगिएको आशंका गर्दै प्रहरीमा उजुरी दिए । यसअघि नै प्रहरीमा यस्ता बेहोराको केही उजुरी परिसकेका थिए । अन्तत: उनीहरूको आशंका सही निस्कियो । यही आधारमा प्रहरीले जीवनलाई पोखराबाट पक्राउ गर्यो । त्यसलगत्तै नुवाकोट, झापा र रामेछापका १४ जना युवतीले प्रहरीमा पुगेर ‘आफूहरू पनि ठगिएको’ भन्दै उजुरी गरे । यससँगै उनले फेसबुकको माध्यम अपनाएर गर्ने अनौठो ठगीको शृंखला बाहिर आयो ।
जीवनले सबै युवतीलाई फसाउने तरिका एउटै थियो । फेसबुकबाट साथी बन्ने, बिस्तारै प्रेमजालमा पार्ने, विवाहको प्रस्ताव राख्ने र कुनै न कुनै बहाना बनाएर पैसा माग्ने । यसरी उनले ४० जनाभन्दा बढी युवतीलाई ठगेर करोडौं कुम्लाइसकेका रहेछन् ।

Reviewed by Admin
on
10:18:00 AM
Rating:
Reviewed by Admin
on
10:18:00 AM
Rating:

Post a Comment