बालिकालाई अश्लिल भिडियो देखाएको आरोपमा पक्राउ पुरा समाचार ,....
बालिकालाई अश्लिल भिडियो देखाएको अभियोगमा प्रहरीले काठमाडौंमा एक जनालाई पक्रेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ दहचोक बस्ने मकवानपुर हेटौंडा नगरपालिका–२ संगम चोक घर भएका ३० वर्षे सुरेश बानिया छन्
। बानियाले शुक्रबार मिलन चोकमा सिन्धुपाल्चोक तातोपानी घर भएकी ७ बर्षीया बालिकालाई घरदेखि केही पर खाली ठाउँमा लगेर अश्लिल भिडियो देखाएका थिए । ती युवकले बालिकलाई आफ्ना गोप्य अंग समेत देखाएको भन्दै बालिकाका आफन्तले आइतबार प्रहरीलाई खवर गरेको र त्यसपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्रा परेका सुरेश बानियाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकालाई अश्लिल भिडियो देखाएको आरोपमा पक्राउ पुरा समाचार ,....
Reviewed by Admin
on
10:13:00 AM
Rating:
Reviewed by Admin
on
10:13:00 AM
Rating:


Post a Comment