Header AD

पहिलो पटक गर्भाशय प्रत्यारोपण


अमेरिकाको क्लिभल्यान्ड क्लिनिकमा पहिलो पटक एक मृत महिलाको गर्भाशयलाई २६ वर्षकी महिलामा प्रत्यारोपण गरिएको छ । करिब ९ घण्टा लामो सर्जरीपश्चात् उक्त कार्य सम्पन्न भएको थियो ।

यसभन्दा पहिले स्वीडेनको गुटेनबर्ग युनिभर्सिटीमा मात्र गर्भाशय प्रत्यारोपणसम्बन्धी कार्य हुँदै आएको थियो । उक्त प्रत्यारोपण कार्यको नेतृत्व डा. आन्द्रियास तजाकिसले गरेका थिए । उनले यसभन्दा पहिले विभिन्न प्रकारका ५ हजार अंग प्रत्यारोपण गरिसकेका छन् । गर्भाशय प्रत्यारोपणका लागि उनले गुटेनबर्ग युनिभर्सिटी पुगेर त्यहाँका चिकित्सकहरूसँग सहकार्य गरेका थिए । 

विश्वमा करिब ५ प्रतिशत महिला गर्भाशयसम्बन्धी समस्याका कारण आमा बन्न सक्दैनन् । अमेरिकामा मात्र यस्ता ५० हजार महिला छन् । गर्भाशय प्रत्यारोपण सम्पन्न भए यस्ता महिलाहरूलाई आमा बन्न सहयोग पुग्नेछ । 
पहिलो पटक गर्भाशय प्रत्यारोपण पहिलो पटक गर्भाशय प्रत्यारोपण Reviewed by Admin on 8:49:00 PM Rating: 5

No comments

Post AD