चौथो विवाह
![]() |
| Add caption |
आजको मानिस विवाह गर्न डराउँछ । ऊ प्रेमको अपेक्षा गर्छ । सेक्समा आतुर छ तर विवाह...। सकेसम्म विवाहसँग जम्काभेट नै नहोस् भन्ने सोचिरहेको हुन्छ । आजभोलि म आफ्नो उपन्यासको एउटा पात्रका लागि चारवटा विवाह गरेको एउटा मानिसको संगत गरिरहेको छु । कथा रमाइलो छ ।
‘पहिलो विवाह गर्दा म स्कुल पढ्दै थिएँ । पिताजीले मेरी आमासँग सल्लाह गर्नुभएछ, ‘यो केटोले पढ्ने मन गर्यो । घरको काम गर्ने छाँट देखिएन । सट्टा भर्ना गर्न पनि घरमा एउटी कन्या ल्याउनुपर्यो ।’ आजभन्दा ५० वर्षअघिको समय । मैले थाहै नपाई केटी हेरियो र विवाह भयो । भोलिपल्ट स्कुल जाँदा पो थाहा पाएँ, म विशेष मान्छे भैसकेको रहेछु । स्कुलमा साथीहरूले जिस्क्याए । शिक्षकहरूले माया गरे ।
घर फर्कंदा मेरो मानमनितो नै फरक भैसकेको थियो । घर भित्रिएकी केटीले सबै किसिमको सेवा गरिरहेकी थिइन् । विवाह भनेको निक्कै रमाइलो कुरा रहेछ भन्ने लाग्यो ।
‘कलेज पढ्न काठमाडौं आएँ । कलेजमा प्रेम भैदियो । न उनले मेरो विवाह भएको छ भनेर सोधिन्, न मैले भन्ने आवश्यकता देखेँ । औधी मन परेकी युवती, स्त्रीको सामीप्यता अनुभव गरिसकेको मन । विवाह भएको छ भन्यो भने त्यो प्रेम त जान्थ्यो नै, उल्टै गाली खान सकिन्थ्यो । चुपचाप प्रेम मात्र गरिरहेँ । त्यतिबेलासम्म, जतिबेलासम्म सरकारी बैंकमा जागिर पाइनँ ।
जागिर पाएपछि उनैले विवाह गर्न कर गरिन् । उनकै करले विवाह गरेपछि पुरानो कुरा भन्नै परेन । विवाहपछि के भयो होला, सहजै अनुमान लगाउन सकिन्छ ।
प्रेम पो रोमाञ्चक हुन्छ, विवाह कहाँबाट हुनु ? उनी सहरकी केटी थिइन्, गाउँले ठिटोसँग तालमेल मिलाउन सकिनन् । उनी म कुनै पनि हालतमा पहिलो श्रीमतीसँग नजाउँm भन्ने चाहन्थिन् । दसैंमा पनि मैले घर जान पाइनँ । अफिसको काम देखाएर दुई–चार दिनका लागि लुकेर पहिलो श्रीमतीलाई भेट्न जानुपथ्र्याे । जेठी श्रीमती माइली श्रीमतीजस्तो अर्डर दिने थिइनन् । चुपचाप र मायालु । यस्ती श्रीमतीप्रति अन्याय गर्न मन लाग्दैनथ्यो । समस्या यहीँ थियो । यो कुरा छोरो जन्मिएपछि उनले थाहा पाइन् । पहाडमा जेठीले छोरो जन्माइन्, यता माइलीले मलाई डिभोर्स दिइन् । उनले दुई सन्तान जन्माउँदा मेरी जेठीले केही भनिनन्, जेठीले एउटा जन्माउँदा उनले डिभोर्स दिइन् ।’
सहरकी केटीसँग उठबस गर्ने बानी भैसकेको थियो । गाउँकी श्रीमतीसँग सेवा लिन सकिन्छ, रोमान्स गर्न सकिँदैन । छोरो ठूलो हुँदै गएपछि उसलाई काठमाडौं लिएर आएँ र पुरानो विवाहका अनेक दु:खद कुरा सुनाउन थालें । आखिर बैंकको जागिर, केटी नपाइने कुरा थिएन । विवाह गर्छु भनेपछि लाइन लागेर केटी दिन आए । तीमध्ये एउटीसँग विवाह भयो । केही वर्ष रमाइलोसँग बित्यो ।
यति बेलासम्म नयाँको लत लागिसकेको थियो । यस्तैमा अर्की मन परिन् । उनले पनि मन पराइन् । चियापसल चलाउँथिन् । मलाई चिया दिँदादिँदै मन पनि दिइन् । यस्ती सोझी केटीको मन किन दु:खाउनु भन्ने लाग्यो । चौथीसँग पनि जीवन बिताउन पाइन्छ भने किन तेस्रीमै चित्त बुझाउनु ?
मैले चौथो विवाह गरेँ ।’
उनको कुरा सुन्दा यस्तो लाग्छ, उनको मन चौथीमा अडिनेवाला छैन । उनी अझै विवाह गर्न लालायित छन् ।

Reviewed by Admin
on
8:43:00 PM
Rating:
Reviewed by Admin
on
8:43:00 PM
Rating:

Post a Comment