परपुरुष सँग सम्भोग गरेको आरोपमा सडकमै यसरी हानियो कोर्रा...पुरा विडियो हेर्नुहोस .....
इण्डोनेसियाको बन्द आचेह प्रान्तमा सरिया कानून उल्लंघन गरेको आरोपमा हालै एक महिलालाई सार्वजनिक स्थलमा नृसंसतापूर्वक कोर्रा हानेर ढालिएको घटना सार्वजनिक भएको छ ।
पुरपुरुषसँग यौन सम्बन्ध कायम गरेको आरोपमा ती महिलालाई सार्वजनिक स्थानमा ल्याएर ढाडमा कोर्राले हिर्काइएको हो । कोर्राको पीडाका कारण महिला ठाउँमै ढलिन् र उनलाई स्ट्रेचरमा राखेर अस्पताल कुँदाउनु परेको छ ।
सार्वजनिक तस्वीर अनुसार दुइजना गार्डहरुले सेतो कपडामा रहेकी ती महिलालाई रमितेहरुको अगाडि घुँडा टेकाएका छन् र ती मध्ये एक जनाले कोर्राले हिर्काएका छन् ।
लगातार कोर्राले हिर्काउँदा ती महिला पीडाले रोएको तथा टाउको छोपेको लुगा टोकेको देखिन्छ । अन्ततः उनी पीडा खप्न नसकेर त्यहीँ बेहोस भएर ढल्छिन् र मानिसहरुले उनलाई स्ट्रेचरमा हालेर उपचारका लागि लैजान थालेको देखिन्छ ।
ती महिला मात्र होइन एकजना अर्का पुरुषलाई पनि यस्तै गरी कोर्राले हिर्काइएको छ । उनीमाथि परस्त्रीसँग यौन सम्बन्ध कायम गरेको अभियोग लगाइएको छ । त्यस्तै वैशाखी टेकेर उभिएको अर्को एक पुरुषमाथि पनि यस्तै गरी कोर्रा बर्साइएको तस्वीर सार्वजनिक भएको छ ।
स्मरण रहोस् गत महिना आचेहमा स्थानीय सरकारले भ्यालेन्टाइन डे मनाउन रोक लगाएको थियो । त्यस्तै त्यहाँ महिलाहरुलाई आफ्नो श्रीमान वा घरको पुरुष सदस्य विना रातको ११ बजेपछि कुनै मनोरन्जन स्थलमा जान पनि रोक लगाइएको छ । त्यस्तै महिलाहरुलाई मोटरसाइकल चढ्न पनि रोक लगाइएको छ ।
परपुरुष सँग सम्भोग गरेको आरोपमा सडकमै यसरी हानियो कोर्रा...पुरा विडियो हेर्नुहोस .....
Reviewed by Admin
on
8:55:00 AM
Rating:
Reviewed by Admin
on
8:55:00 AM
Rating:


Post a Comment